आयरल्यान्डविरुद्धको खेलका लागि ४० खेलाडी प्रारम्भिक टोलीमा

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, ५ चैतः आयरल्यान्डको टीम ‘ए’विरुद्ध हुने खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज ४० जना खेलाडीलाई प्रारम्भिक टोलीमा समावेश गरेको छ ।

नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग तीन एक दिवसीय र तीन ट्वान्टी–२० खेल खेल्नेछ । जसका लागि छनोटमा परेका ४० जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीमा देव खनालसहित विनोद भण्डारी, आरिफ शेख, हरिशङ्कर साह, रित गौतम, पवन सर्राफ, अर्जुन साउद, नरेन भट्ट, दिलीप नाथ, विवेक यादव, बसिर अहमद, विपिन खत्री र श्याम ढकाल (मौसम) छन् ।

त्यसैगरी रञ्जित कुमार, विकास आग्री, नारायण जोशी, सन्दीप जोरा, लोकेश बम, भीम सार्की, मायन यादव, अर्जुन कुमाल, रुपेश सिंह, साहब आलम, अर्जुन घर्ती, शेर मल्ल, दीपेश कँडेल तथा रिजन ढकाल समावेश छन् ।

त्यस्तै आकाश चन्द, कमलसिंह ऐरी, किरण ठगुन्ना, सुजन थपलिया, रासिद खान, दिनेश अधिकारी, सागर ढकाल, दीपेन्द्र राउत, सुवास भण्डारी, आशुतोष घिरैया, हेमन्त धामी र नरबहादुर सार्की छन् । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच यही चैत १३, १६ र १८ गते ट्वान्टी ट्वान्टी खेल हुनेछ भने त्यस्तै चैत २१, २३ र २५ गते एकदिवसीय खेल हुनेछ । त्यसअघि आयरल्यान्ड ‘ए’ टोलीले नेपालको सिनियर टोलीसँग यही चैत ११ र १२ गते ट्वान्टी ट्वान्टी खेल खेल्नेछ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
72%
2 km/h
आइत
25 °C
सोम
23 °C
मंगल
25 °C
बुध
25 °C
बिहि
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ