अफगानिस्तानलाई विश्व बैङ्कको ८४ मिलियन अमेरिकी डलर सहयोग

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

अफगानिस्तान । अफगानिस्तानले देशमा चलिरहेको मानवीय सङ्कटको बिचमा विश्व बैङ्कबाट ८४ मिलियन अमेरिकी डलर सहयोग प्राप्त गरेको टोलो न्युजले जनाएको छ ।

उक्त सहयोग आर्थिक सङ्कटसँग जुध्न, जीविकोपार्जन परियोजना प्रदान गर्न, अफगान महिलाहरूलाई सहयोग गर्न, जलवायु परिवर्तनलाई सम्बोधन गर्न तथा आप्रवासीहरूलाई सहयोग गर्न प्रयोग गरिने विश्व बैङ्कले जनाएको छ ।

परियोजना सन् २०२२ मा ग्रामीण र सहरी क्षेत्रमा आजीविका सहयोग र सेवाहरू प्रदान गर्न, महिला र सबैभन्दा कमजोरका लागि सामाजिक अनुदानलाई समर्थन गर्न र समावेशी सेवा वितरणका लागि सामुदायिक संस्थाहरूलाई सुदृढ पार्न एआरटीएफबाट २६ करोड ५० लाख डलरको अनुदानका साथ सुरु भएको बैङ्कको विज्ञप्तिमा उल्लेख छ ।

अर्थ मन्त्रालयले विश्व बैङ्कको सहयोगलाई स्वागत गर्दै आर्थिक विस्तार र परियोजना संशोधनहरूलाई सहयोग गर्न सक्ने बताएको छ, जसको परिणामस्वरूप देशको रोजगारी सिर्जनामा योगदान पुग्नेछ ।

परियोजनाको कार्यान्वयनले रोजगारी सिर्जना गर्न, सहरी र ग्रामीण क्षेत्रमा सेवा वितरणमा सुधार ल्याउन तथा आप्रवासी समस्यालाई सम्बोधन गर्न सक्ने तालिबानी अर्थ मन्त्रालयका प्रवक्ता अब्दुल रहमान हबीबले बताउनुभयो ।

यसैबिच, काबुलका नागरिकहरूले हालको परिस्थितिलाई ध्यानमा राख्दै अझ बढी सहयोग आवश्यक रहेको बताउँदै यसलाई खुल्लारुपममा दिनुपर्ने माग राखेको टोलो न्युजले जनाएको छ ।अफगानीस्तानमा मानिसहरू गरिब तथा निराश्रित भई महिनामा तीन दिन मात्र काम पाउने अवस्थामा छन् ।

काबुलका बासिन्दा उमर अलीले आफ्नो घरमा दस जना आश्रित भएको तथा डेढ वर्षदेखि भाडाका लागि ऋणमा डुबेको बताउनुभयो ।

तालिबानले अफगानिस्तानमा अधिकार पुनः प्राप्त गरेपछि विश्व बैङ्कसहित अधिकांश अन्तर्राष्ट्रिय संस्थाहरूले अफगानिस्तानमा काम गर्न छोडेका छन् । यी संस्थाहरूको पुनः सञ्चालनले अफगान अर्थतन्त्रलाई बढवा दिने अनुमान गरिएको छ ।

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
mist
14° _ 14°
100%
1 km/h
बिहि
23 °C
शुक्र
25 °C
शनि
21 °C
आइत
23 °C
सोम
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ