खेलकुद मैदान निर्माणमा भ्रष्टाचार : पाँच जनाविरुद्ध मुद्दा दायर

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । डोल्पा खेलकुद मैदान निर्माणका क्रममा भ्रष्टाचार गरेको अरोपमा पाँच जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसहित पाँच जनाविरुद्ध मङ्गलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले प्रमुख आचार्यका साथै सामाजिक विकास कार्यालयका सव–इन्जिनियर मोतीप्रसाद बुढा, कभर्ड हल तथा खेलकुद मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष अभिषेश शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध मुद्दा दर्ता गरेको जानकारी दिनुभयो ।

डोल्पाको ठूलीभेरी नगरपालिका वडा नं ३ दुनैमा खेलकुद मैदान निर्माणमा कर्णाली प्रदेश सरकारबाट छुट्याएको रकम अनियमितता गरेको अख्तियारले ठहर छ ।

निर्माणको काम लागत अनुमान र सम्झौताभन्दा कम गरी नौ लाख ९३ हजार रुपियाँ अनियमितता गरेको अख्तियारको भनाइ छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
mist
9° _ 9°
100%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ