Ad imageAd image

अन्तर्राष्ट्रिय समितिको बैठक स्थगित

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । पर्याप्त संख्यामा सांसदहरू उपस्थित नहुँदा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ ।

मंगलबार बिहान साढे १० बजेका लागि समितिको बैठक बोलाइएको थियो । बैठकका लागि उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समयमै पुगेका थिए ।

तोकिएको समयभन्दा १५ मिनेट पछिसम्म पनि कोरम नपुगेपछि बैठक स्थगित गरिएको हो । बैठक सञ्चालनका लागि १४ जना सांसद हुनुपर्ने थियो । तर ८ जनामात्रै सांसद उपस्थित भएपछि मन्त्री श्रेष्ठ समितिको बैठक हलबाट बाहिरिएका थिए । मन्त्री श्रेष्ठपछि सचिव र कर्मचारीहरू पनि बैठक छोडेर बाहिरिए ।

आजको बैठकमा सरकारको तर्फबाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरूको विवरण, इजरायल, रुस र युक्रेनमा रहेका नेपालीहरूको विवरण र अवस्थाको बारेमा छलफल गर्ने कार्यसूची थियो ।

- Advertisement -
Ad imageAd image

त्यस्तै, विदेशस्थित नेपाली नियोगहरूको अवस्था, भोग्नुपरेका समस्या र सुधारका पक्षका बारेमा समेत छलफल हुने कार्यक्रम थियो ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
light rain
20° _ 20°
97%
1 km/h
शनि
26 °C
आइत
26 °C
सोम
24 °C
मंगल
22 °C
बुध
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ