Ad imageAd image

जर्मनीका सोल्सले चिनियाँ राष्ट्रपति सीसँग युक्रेनमा ‘केवल शान्ति’ बारे छलफल गर्ने

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

एजेन्सी। जर्मन चान्सलर ओलाफ सोल्सले मङ्गलबार चीनका राष्ट्रपति सी जिनपिङसँग युक्रेनमा ‘न्यायपूर्ण शान्ति’ बारे छलफल गर्ने बताउनुभएको छ ।

“राष्ट्रपति सीसँगको मेरो भेट हामी कसरी युक्रेनमा न्यायपूर्ण शान्तिका लागि थप योगदान दिन सक्छौँ भन्ने कुरामा केन्द्रित हुनेछ”, सोल्सले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा भन्नुभयो, “मेरो पछिल्लो चीन भ्रमणदेखि नै हाम्रा सरकारबिच गहन आदानप्रदान भएको छ ।

”यसअघि सोल्सले बर्लिनको सबैभन्दा ठूलो व्यापारिक साझेदार बेइजिङको तीन दिने भ्रमणको अन्तिम दिन चिनियाँ राष्ट्रपति सीलाई भेटेको र दुवैले राजधानीमा डियाउटाई स्टेट गेस्टहाउसमा अनौपचारिक छलफल गर्ने चिनियाँ सञ्चारमाध्यमहरूले बताएका थिए ।

सोल्सको लक्ष्य व्यापार सम्बन्धलाई बलियो बनाउनु रहेकाले भ्रमणले उहाँलाई दक्षिणपश्चिमी मेगासिटी चोङकिङ, आर्थिक महाशक्ति साङ्घाई र राजधानी बेइजिङ लगेको छ ।

- Advertisement -
Ad imageAd image

चान्सलर सोल्सको आइतबारदेखि मङ्गलबारसम्मको चीन भ्रमणमा मन्त्री र व्यावसायिक अधिकारीहरूको एउटा ठूलो प्रतिनिधिमण्डल पनि गएको छ ।

पदभार ग्रहणपछि यो उहाँको दोस्रो चीन भ्रमण हो ।मङ्गलबार उहाँले चिनियाँ प्रधानमन्त्री ली छ्याङसँग भेट गर्ने र जर्मन–चिनियाँ आर्थिक समितिसँग बसेर पत्रकार सम्मेलन गर्ने अपेक्षा गरिएको छ । जर्मनीका धेरै पश्चिमी सहयोगीहरू व्यापारिक मुद्दाहरूमा चीनको सामना गरिरहेका बेला सोल्सको चीन भ्रमण भएको छ ।

ब्रसेल्समा चिनियाँ सौर्य प्यानल, विद्युतीय कार र वायु टरबाइनका लागि राज्य सहयोगको अनुसन्धान भइरहेको छ । यसैबीच अमेरिकाले कारहरूमा चिनियाँ प्रविधिबाट उत्पन्न राष्ट्रिय सुरक्षा जोखिमहरूको अनुसन्धान गरिरहेको छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
broken clouds
19° _ 19°
88%
2 km/h
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
24 °C
आइत
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ