नक्कली प्रमाणपत्र पेश गर्ने सहयोगी विरुद्ध मुद्दा दायर

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं, चैत ३० गते । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै पर्सास्थित धोबिनी गाउँपालिकाअन्तर्गत पर्ने नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा कार्यरत बाल विकास सहयोगी कार्यकर्ताविरुद्ध आरोपपत्र दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयका कार्यरत बाल विकास सहयोगी कार्यकर्ता पुनम देवी कुर्मीले नक्कली प्रमाणपत्र पेश गरी जागिर आएको आरोपमा शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार सहजकर्ता कुर्मीले शैक्षिक योग्याताको प्रमाणपत्र छानबिन गर्न माग गर्दै अख्तिायारको कार्यालयमा उजुरी निवेदन परेको थियो ।

सो निवेदनमाथि अनुसन्धान हुँदा कुर्मीले महेश्वर प्र. सिंह संस्कृत प्रा. सह उच्च विद्यालय, भारतबाट जारी भएको माध्यमित तहको परीक्षा पास गरेको भनी नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेश गरी २०६६ असार १२ गतेदेखि सहजकर्ता पदमा नियुक्त भएको पुष्टि हुन आएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

कुर्मीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ को उपदफा १ बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा कुर्मीलाई सोही ऐनको दफा १६ को उपदफा १ बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
27°C
Kathmandu
clear sky
27° _ 27°
19%
2 km/h
सोम
27 °C
मंगल
28 °C
बुध
30 °C
बिहि
30 °C
शुक्र
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ