तत्कालीन वडाध्यक्ष थापाविरुद्ध मुद्दा दायर

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेको व्यक्तिको नाममा वृद्धभत्ता वितरण गरेको आरोपमा सल्ल्यानस्थित शारदा नगरपालिका–३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध मुद्दा दायर गरेको छ ।

मृत्यु भैसकेको मानिसको नाममा वृद्धभत्ता वितरण गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन वडा अध्यक्ष थापाले अस्तित्वमा नभएको व्यक्तिको नामको आर्थिक वर्ष २०७४-७५, आर्थिक वर्ष २०७५-७६ को प्रथम, दोस्रो र तेस्रो किस्ता र आर्थिक वर्ष २०७६-७७ को प्रथम किस्ताको पहिलो महिनासम्मको गरी रु ५१ हजार सामाजिक सुरक्षा भत्ता आफ्नो आमा नाता जनाइ बुझिलिई सरकारी रकम हिनामिना गरेको पुष्टि भएकोले आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिइएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
mist
12° _ 12°
100%
आइत
19 °C
सोम
20 °C
मंगल
22 °C
बुध
25 °C
बिहि
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ