थाइ नेपाली संघ बैंकक र संस्कृत स्नातक मण्डली थाइल्याण्डबीच छलफल, कर्मकाण्डहरु गर्न सम्पर्क व्यक्ती तोकियो

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

थाइल्याण्ड । थाइ नेपाली संघ बैंकक शाखा र संस्कृत स्नातक मण्डली थाइल्याण्डबीच छलफल भएको छ । सोमबार भएको छलफलमा संघ र मण्डलीबीच विभिन्न विषयमा सहमति पनि भएको छ ।

छलफलमा शाखा अन्तर्गत कर्मकाण्डहरुको बिषयमा पण्डित आवश्यक भएको खण्डमा स्नातक मण्डलीका सचिबसँग प्रत्यक्ष सम्पर्क गर्ने सहमित भएको छ ।

त्यस्तै, विवाह सिफारिस नभएमा मण्डलीबाट शाखा,उपशाखामा जानकारी गराउने र शाखाबाट प्रत्येक उपशाखामा निरिक्षण गरि सहकार्य गर्ने विषयमा पनि निर्णय भएको छ ।

त्यस्तै, प्रत्येक उपशाखामा निरिक्षणगरि सत्संघ किर्तन कार्यहरु अनिवार्य गर्ने तर, शाखा समितिको साथ र उपशाखाको सहकार्यमा काम गर्ने सहमति भएको छ ।

त्यस्तै, भेलाले प.केशव आचार्य, पं. पद्मप्रसाद भट्टराई,पं. चूडामणि ढुंङ्गेल, पं. प्रकाश न्यौपाने, पं.शेखर खतिवडा, पं.लोकनाथ तिम्सिना, पं.ज्ञानप्रसद अधिकारी, पं. पूर्णप्रसाद पौड्याल, पं.कुलदीप गुरागाँई, पं.बासुदेव खतिवडा, पं.महानन्द खतिवडालाई सम्पर्क व्यक्तीकारुपमा तोकेको छ ।

त्यस्तै, पं.मणिराज न्यौपाने, पं.सुरज निरौला, पं. नवराज कँडेल, पं.गोबिन्द निरौला, पं.शिवलाल पन्थी सम्पर्क व्यक्तीका रुपमा भेलाले तोकेको हो ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
mist
15° _ 15°
100%
1 km/h
बुध
26 °C
बिहि
30 °C
शुक्र
31 °C
शनि
31 °C
आइत
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ