रामपुरमा आगलागी, पाँच घर–गोठ जले

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रामेछाप । रामेछापको रामेछाप नगरपालिका– ५ रामपुरमा आगलागी हुँदा पाँचवटा घर–गोठ जलेका छन् ।

बस्ती नजिकै जंगलमा लगाइएको आगो रामपुरको ठिङग्रे, चुकिया र स्वाङग्रा गाउँमा पसेपछि आगलागी भएको हो । आगलागीबाट दुईवटा घर र तीनवटा गोठ जलेका वडाध्यक्ष हरिश्चन्द्र श्रेष्ठले जानकारी दिए ।

मंगलबारबाट लागेको आगो बस्तीमा पसेको थियो । आगलागीबाट मानवीय क्षति नभए पनि पाँचवटा खसी–बाख्रा, घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन तथा नगद धनमाल जलेर नष्ट भएको छ । 

आगो नियन्त्रणमा आउन नसक्दा अझै केही घर आगलागीको उच्च जोखिममा छन् । आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
haze
25° _ 25°
53%
5 km/h
बिहि
25 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ