त्रिभुवन विमानस्थलको धावन मार्गमा देखिएको प्वाल पुरियो, अवरुद्ध उडान सुरु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा देखिएको सानो प्वाल पुरेपछि उडान र अवतरण पुनः सुरु भएको छ।

धावनमार्गमा प्वाल परेपछि विमान उडान र अवतरण करिब एक घण्टा प्रभावित भएको थियो।

प्रभावित भएको उडान र अवतरण अहिले जारी रहेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “विमानस्थलको धावनमार्गमा एउटा सानो लेयरमा समस्या आएर प्वाल परेको थियो।

अहिले त्यो पुरिएर विमान अवतरण र उडान भएको छ।” उहाँका अनुसार एक घण्टा विमानस्थल अवरुद्द हुँदा अवतरणका लागि आएका विमान आकाशमै होल्ड भएका थिए। अहिले विमान अवतरण गर्ने क्रम जारी रहेको छ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
49%
4 km/h
शुक्र
19 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ