Ad imageAd image

ब्याज दर घटाउने कसरतमा इसिबी

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

जर्मनी । युरोपेली केन्द्रीय बैङ्कले बिहीबार लगभग पाँच वर्षसम्म नघटी उच्च रेकर्डमा पुगेको ब्याज दर घटाउन सुरु गर्ने अपेक्षा गरिएको छ । तर अस्थिर मुद्रास्फीतिका कारण यो विषय अनिश्चित छ ।

बढ्दो ऊर्जा र खाद्य लागतलाई नियन्त्रण गर्न सन् २०२२ को मध्यमा सुरु गरिएको युरो क्षेत्र दर वृद्धिको उच्चतम विन्दुपछि मुद्रास्फीति बिस्तारै इसिबीले लक्ष्य राखेजस्तै दुई प्रतिशततिर तल झर्दै गइरहेको छ ।ब्याजदरहरू अक्टोबरदेखि स्थिर छन् तर युरोपेली केन्द्रीय बैङ्कले कर्जामा एक चौथाइ र निक्षेपको ब्याज दरलाई तीन दशमलव ७५ प्रतिशत कायम गरिने जनाएको छ ।

यस कदमले आक्रामकरूपमा दरहरू बढाएको युएस फेडरल रिजर्भबाट इसीबी अलग हुने आङ्कलन गर्न सकिन्छ ।“इसीबी आफ्नो नीतिगत दरहरू कटौती गर्न प्रतिबद्ध छ । यो कदम लामो समयदेखि बजारमा टेलिग्राफ गरिएको छ”, पिक्टेट वेल्थ म्यानेजमेन्टका प्रमुख अर्थशास्त्री फ्रेडरिक डुक्रोजेटले भन्नुभयो ।

- Advertisement -
Ad imageAd image

सन् २०२२ मा रुसले युक्रेनमा गरेको आक्रमणसँग सम्बन्धित आपूर्ति शृङ्खलाको समस्याबाट मुद्रास्फीति बढेपछि इसीबीले लगातार १० पटकसम्म बैङ्कको दरहरू वृद्धि गरेको थियो ।सन् २०२२ को अन्त्यमा १० प्रतिशतभन्दा माथिको विन्दुबाट सुस्त हुँदै गएको उपभोक्ता मूल्यमा वृद्धि भए पनि मुद्रास्फीति इसीबीको लक्ष्यमा ल्याउन गाह्रो साबित भइरहेको छ ।

युरो प्रयोग गर्ने २० देशमा मेदेखि मुद्रास्फीति बढेको गत हप्ताको तथ्याङ्कले देखाएको छ । आर्थिक मन्दीबाट बाहिर आएपछि युरो क्षेत्रको अर्थतन्त्र पनि पहिलो त्रैमासिकमा अपेक्षा गरिएभन्दा तीव्र गतिमा बढेको छ ।

यद्यपि अमेरिकी अर्थतन्त्रको बलियो वृद्धिको तुलनामा यो अझै सुस्त छ । इसीबीकी अध्यक्ष क्रिस्टिन लेगार्डले आफ्नो बैठकपछिको पत्रकार सम्मेलनमा कटौतीको गतिको बारेमा कुनै मार्गदर्शन प्रदान गर्नुहुने छ वा छैन भनी लगानीकर्ताले ध्यान केन्द्रित गरिरहेका छन् । केन्द्रीय बैङ्कले बिहीबार वृद्धि र मुद्रास्फीतिका लागि आफ्नै अद्यावधिक पूर्वानुमान पनि जारी गर्नेछ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
100%
1 km/h
बुध
28 °C
बिहि
26 °C
शुक्र
26 °C
शनि
29 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ