ताप्लेजुङको एक घरमा आगलागीबाट लाखौँको क्षति

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

ताप्लेजुङ । आगलागीबाट ताप्लेजुङमा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ । मिक्वाखोला गाउँपालिका–५, चिलिमे गाउँका बासिन्दा लामा नुर्प शेर्पाको घरमा आगलागी हुँदा १३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । भान्सा कोठामा आगो बाल्ने क्रममा आगलागी हुँदा सो क्षति भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीका अनुसार आइतबार साँझ भान्सा कोठामा आगो बाल्ने क्रममा लागेको आगोले २ तले घर पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात र नगद २० हजार रुपैयाँ नष्ट भएको छ ।

ताप्केगोला प्रहरी चौकीबाट गएको प्रहरी टोली तथा स्थानीयले गए राति नै आगो निभाएका थिए ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
broken clouds
19° _ 19°
68%
5 km/h
बुध
18 °C
बिहि
25 °C
शुक्र
26 °C
शनि
22 °C
आइत
18 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ