तराईमा ४ दिन तातो हावा चल्न सक्ने चेतावनी, सतर्कता अपनाउन महाशाखाकोअनुरोध

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्नसक्ने बताएको छ ।

महाशाखाका अनुसार केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनमत तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको छ । केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसभन्दा बढी मापन भएको छ ।

विभागको तथ्यांकअनुसार सोमबार दिउँसो अधिकतम तापक्रम भैरहवामा ४०.९ र सिमरामा ४० डिग्री सेल्सियस मापन भएको छ । यस्तै जनकपुरमा ३९.४, धनगढीमा ३८.८ र नेपपालगञ्जमा ३८.४ डिग्री सेल्सियस मापन भएको छ ।

महाशाखाका अनुसार धनुषादेखि कञ्चनपुरसम्म (चितवन र नवलपुरबाहेक) का क्षेत्रमा १४ वैशाखसम्म अध्यधिक गर्मी हुने सम्भावना छ । तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले त्यस क्षेत्रकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

तातो हावा वा तातो लहर चलेमा थकाइ लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, बान्ता हुने जस्ता समस्या हुनसक्छ । यसबाट बच्न बढी गर्मीको समयमा घरभित्र वा चिसो स्थानमा बस्न, घाममा धेरै नजान, हल्का लुगा लगाउन, पानी वा झोल पदार्थ प्रशस्त मात्रामा पिउन विभागले सल्लाह दिएको छ ।

पहाडी भूभागका उपत्यका र खोँचहरुमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने पूर्वमानुमान समेत मौसम पूर्वानुमान महाशाखाको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
broken clouds
24° _ 24°
40%
1 km/h
शुक्र
24 °C
शनि
30 °C
आइत
31 °C
सोम
32 °C
मंगल
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ