सुनको मूल्यमा नयाँ कीर्तिमान

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु. एक हजारले वृद्धि भइ हालसम्मकै उच्च मूल्य कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु. एक लाख ३३ हजारमा कारोबार भएको छापावाला सुन आज रु. एक हजारले बढेर रु. एक लाख ३४ हजार बराबरको मूल्य निर्धारण भएको छ ।

तेजाबी सुन बुधबार प्रतितोला रु. एक लाख ३२ हजार तीन सय ५० मा कारोबार भएकामा आजका लागि भने रु. एक लाख ३३ तीन सय ५० बराबरको मूल्य निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि तोलामा रु. ४० ले वृद्धि भएको छ । बुधबार प्रतितोला रु. एक हजार छ सय १० मा कारोबार भएकामा आजका लागि भने रु. एक हजार छ सय ५० बराबरको मूल्य निर्धारण भएको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
few clouds
22° _ 22°
43%
3 km/h
बुध
22 °C
बिहि
25 °C
शुक्र
26 °C
शनि
22 °C
आइत
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ