खाद्य सामग्री र पशुजन्य औषधि एकै ठाउँबाट बिक्री गर्नेलाई कारबाही

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

चितवन, पूर्वी चितवनको एग्रोभेटमा खाद्यान्न र पशु औषधि एकै ठाउँमा बिक्री गरेको पाइएको छ । कालिका नगरपालिका र रत्ननगर नगरपालिकाका केही एग्रोभेटमा अनुगमनका क्रममा यस्तो पाइएको हो ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापक केन्द्र हरिहरभवन ललितपुर र कृषि विकास कार्यालयले संयुक्तरुपमा गरेको अनुगमनका क्रममा खेतबारीमा हाल्ने विषादी र सहकारीबाट उत्पादित खाद्यान्न सामग्री, विषादीसँगै पशुपन्छीका लागि आवश्यक औषधि एकै ठाउँमा राखेर बिक्री गर्ने गरेको पाइएको केन्द्रका प्रमुख सावित्री बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुगमनका क्रममा जिल्लामा रहेका अधिकांश एग्रोभेटको नविकरण नभएको, अनुमति प्राप्त व्यक्ति पसलमा नबसी गैरप्राविधिक बस्ने गरेको पाइएको हो । उहाँले भन्नुभयो, “हामीले अनुगमनका क्रममा दुई एग्रोभेट र एउटा सहकारीमा शिल गरेका छौँ, केहीलाई कानुनी कारबाहीका लागि कागजपत्र नियन्त्रणमा लिएका छौँ ।”

सङ्घीयता कार्यान्वयनमा आएपछि अनुगमन हुन नसक्दा व्यवसायीमा बेथिती बढेको पाइएको उहाँले बताउनुभयो । अनुगमनका क्रममा कतिपय एग्रोभेट सञ्चालकले सञ्चालन अनुमति नै नलिइकन सञ्चालन गरेको पाइएको उहाँले जानकारी दिनुभयो । सञ्चालन अनुमतिपत्र नलिई सञ्चालन गरेको सहमति उपभोक्ता सहकारी संस्था पदमपुलाई आजको अनुगमनका क्रममा शिल गरिएको उहाँले बताउनुभयो ।

सञ्चालकले अनुगमनका क्रममा असहयोग गरेको भन्दै पसलमा सूचना टाँस गरी शिल गरिएको हो । अन्यलाई एग्रोभेटमा बिक्री समय सकिएका विषादी बिक्रीका लागि राखेको पाइएको छ । अनुगमनका क्रममा प्रधान एग्रो र हाम्रो बहुउद्देश्यीय सहकारी संस्थालाई शिल गरिएको थियो ।

सो अनुगमनका क्रममा कृषकलाई बिक्री गर्ने समय सकिएका र आवश्यक प्रक्रिया नपु¥याएका एग्रोभेटलाई कानुनी कारबाहीका लागि केन्द्रमा बोलाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो । अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलसहित केन्द्रका कर्मचारीको सहभागिता रहेको थियो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
scattered clouds
17° _ 17°
77%
2 km/h
आइत
25 °C
सोम
26 °C
मंगल
25 °C
बुध
25 °C
बिहि
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ