कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गृहसहित चार जना मन्त्रीलाई

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । आगामी आव २०८१/०८२ को बजेटमा समावेश गरिएको गाँजा खेतीबारे छलफल गर्न प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गृहसहित चार जना मन्त्रीलाई बोलाएको छ।

आरजु राणा देउवा सभापति रहेको समितिको बैठक शुक्रबार बिहान ११ बजे बस्दैछ। समितिले बजेटको ४९ बुँदामा उल्लेखित ‘औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने’ विषयमा छलफल चलाउन लागेको हो।

संसद् सचिवालयका उपसचिव शिवदत्त बरालकाअनुसार बैठकमा गाँजा खेतीको औषधी प्रयोजनको लागि यसको उत्पादन, प्रशोधन, बिक्री वितरणसँग सम्बन्धित विषयमा कानुनी वातावरण तयार गरी वैधानिकता प्रदान गर्ने सम्बन्धमा छलफल हुनेछ।

छलफलका लागि ८ वटा मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको छ। चारवटा मन्त्री नै उपस्थित हुनेछन्। समितिकाअनुसार गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, कृषि तथा पशुपन्क्षी विकास मन्त्री ज्वालाकुमारी साह, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई आमन्त्रण गरिएको छ।

यी मन्त्रालयका सचिव उपस्थित हुनेछन्। यसैगरी कानुन, न्याय तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव एवं विज्ञ सरोकारवाला व्यक्तित्व समेतको सहभागितामा छलफल हुने उपसचिव बरालले जानकारी दिए।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
haze
19° _ 19°
63%
1 km/h
बिहि
23 °C
शुक्र
25 °C
शनि
21 °C
आइत
23 °C
सोम
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ