Ad imageAd image

सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०८१ प्रतिनिधि सभाबाट पारित

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ । प्रतिनिधि सभा बैठकले सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०८१ पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधि सभाको बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्तुत गर्नुभएको सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो।

विधेयकको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले नेपालभित्रै सुरक्षण मुद्रणको काम गर्न भने समय लाग्ने बताउनुभयो। उहाँले खरिद नियमावलीको व्यवस्था र सरकारी प्रावधान सबै पालना गर्नुपर्ने भएकाले यही मितिदेखि काम सुरु हुन्छ भनेर तोक्न नसकिने बताउनुभयो।

कैयौँ मेसिन छपाइ गर्नसक्ने स्थितिमा रहे पनि अन्य मेसिन पनि ल्याउनुपर्ने उहाँको भनाइ छ।उहाँले भन्नुभयो, ‘विधेयक पारित भइसके पछाडि यसको संरचना बन्ने, समिति बन्ने र कामको प्रक्रिया सुरु गर्छ। प्राविधिक कुराहरु पनि छन्।

- Advertisement -
Ad imageAd image

सार्वजनिक खरिद ऐनको पालना गर्नुपर्छ। कैयौँ सामग्री खरिद गर्नुपर्नेछ। कैयौँ सामग्री विद्यमान अवस्थामा पनि छपाइ गर्नसक्ने स्थितिमा छौँ। अहिले छपाइ गर्ने स्थितिमा रहेका मेसिनलाई प्रयोग गरेर छपाइ गर्ने। बैंक नोट लगायतका कुरालाई चाहिँ व्यवस्थित गरेर अगाडि बढाउने कुरा छ।

कार्य प्रारम्भ ३१ औँ दिनदेखि हुने नै छ। तर कुन दिनदेखि छपाई गर्छौं भन्न चाहिँ सकिने स्थिति छैन। किनभने खरिद नियमावलीको व्यवस्था, सरकारी प्रावधान सबै पालना गर्दाखेरी ठ्याक्कै तिथि, मिति तोक्न सकिँदैन तर छिटोभन्दा छिटो स्वदेशमै सुरक्षण मुद्रणसम्बन्धी सामानको छपाइ गर्ने उद्देश्य अनुरुप यो ल्याइएको छ।’प्रतिनिधि सभाको अर्को बैठक जेठ २७ गते आइतबार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
few clouds
17° _ 17°
100%
2 km/h
बुध
28 °C
बिहि
26 °C
शुक्र
26 °C
शनि
29 °C
आइत
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ