अवैध विदेशी मुद्रासहित अमेरिकी नागरिक पक्राउ

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

४ फागुन, काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित एक अमेरिकी नागरिक परेका छन् ।

पक्राउ पर्नेमा अमेरिकी नागरिक ४६ वर्षीया नि यान छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले शनिबार दिउँसो बाटिक एयरको उडानमार्फत उनी काठमाडौंबाट मलेसिया जान लागेको बेला प्रहरीले पक्राउ गरेको हो ।

अन्तर्राष्ट्रिय उडानको प्रस्थान होल्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा विभिन्न देशका अवैध मुद्राहरु फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले उल्लेख गरेको छ ।

उनीबाट १२ हजार ७४८ अमेरिकी डलर, २४९ सिंगापुर डलर, १२ हजार इन्डोनेसियन रकम, १ सय मलेसियन रिंगेट बरादम भएको छ । त्यसैगरी विभिन्न कम्पनीका १९ थान मोबाइल, २८ थान सीमकार्ड र १२२ थान मेमोरी कार्ड बरामद भएको छ ।

पक्राउ परेका उनलाई थप कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
82%
आइत
25 °C
सोम
23 °C
मंगल
25 °C
बुध
25 °C
बिहि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ