२ किलो ५०० ग्राम लागूऔषध अफिम सहित एक जना पक्राउ

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बारा । बारा प्रहरीले २ किलो ५०० ग्राम लागूऔषध अफिम जस्तो पदार्थ सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ अफिम सहित युवकलाई पक्राउ गरेको हो ।

जिल्ला धादिङ गजुरी नगरपालिका –४ बस्ने बर्ष २६ को राजन चेपाङलाई पक्राउ गरिएको प्रहरी चौकी पथलैयाका प्र.स.नि.अमृत मैनालीले जानकारी दिए ।

उनका अनुसार धादिङबाट वीरगंज तर्फ जादै गरेको  प्र ०३–०३–००१ प ५२७३  नम्बरको  मोटरसाईकल शंकास्पद लागि रोकी चेकजाँच गर्दा अफिम फेला परेको हो ।

मोटरसाईकलमा लुकाई छिपाई कालो झोलामा ३ वटा गोला बनाएर राखिएको अवस्थामा बरामद गरिएको उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यलय बाराका अनुसार जीतपुरसिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोकमा सवारी  रोकी चेकजाँच गर्दा लागूऔषध अफिम सहित चेपाङलाई पक्राउ गरिएको  हो ।

लागूऔषध अफिम सहित पक्राउ परेका चेपाङलाई आवश्यक कानूनी प्रक्रियाको लागि अगाडी बढाईएको बारा प्रहरीले जनाएको छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
broken clouds
22° _ 22°
25%
1 km/h
बिहि
22 °C
शुक्र
21 °C
शनि
24 °C
आइत
25 °C
सोम
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ