त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङ्कङमा आयोजना हुने त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाका लागि आज नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

क्यानले आज रोहितकुमार पौडेलको कप्तानीमा आकाश चन्द, विनोद भण्डारी, लोकस बम र रसिद खानलाई समेट्दै १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

त्यस्तै छनोट हुने अन्य खेलाडीमा कुशल भुर्तेल, गुल्सन झा, सागर ढकाल, प्रतिश जिसी, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी र अभिनाश बोहरा छन् ।

नेदरल्यान्ड्स र नामिबियाविरुद्ध खेलेका ओपनर आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी र अनिलकुमार शाह भने टोलीमा समावेश छैनन् ।

क्यानका अनुसार उक्त शृङ्खलामा हङ्कङसहित नेपाल र पपुवा न्यूगिनीले सहभागिता जनाउने छन् । यही फागुन २६ गते नेपाल र हङ्कङले फ्रेन्डसिप कपको नाममा एक ट्वान्टी ट्वान्टी खेल खेल्ने क्यानले जनाएको छ ।

त्यस्तै क्यानका अनुसार फागुन २७ गते नेपालले हङकङसँग खेल्नेछ भने २९ गते पपुवा न्यूगिनीसँग खेल्नेछ । त्रिकोणात्मक सिरिजको फाइन खेल भने फागुन ३० गते हुने तालिका छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
scattered clouds
25° _ 25°
41%
2 km/h
बिहि
27 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ