‘हिड्न बाँकी बाटोहरू’ लिएर आए अर्जुनबाबु दाहाल

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । कवि तथा गीतकार अर्जुनबाबु दाहालले कविता संग्रह ‘हिड्न बाँकी बाटोहरू’ सार्बजनिक गरेका छन् । शनिवार राजधानीको प्रज्ञा प्रतिष्ठानमा दाहालको  कविता संग्रह हिड्न बाँकी बाटोहरूको बिमोचन गरिएको हो । लामो समय स्वास्थ्य पेसामा आबद्व भएका दाहालले यसै कविता संग्रहबाट कविको पहिचान थपेका हुन् ।

कार्यक्रममा बरिष्ठ गीतकार एवं कवि दिनेश अधिकारीले दाहालका कवितामा सकारात्मक सोच भेटिने दाबी गरे । उनले भने,‘उहाँका कवितामा व्यङ्ग्य, विद्रोह र आलोचना जे गर्दा पनि सकारात्मक सोच भेटिन्छ, यो कविताको राम्रो पक्ष हो ।’ दाहालले कविको रूपमा आफ्नो जन्म घोषणा गरेको भन्दै यो पहिचानलाई सदैव बचाइराख्न शुभकामना समेत दिए ।

कार्यक्रममा पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले कविले हृदयबाट नै कविता लेख्नुभएको भन्दै आफू लेखनको प्रगतीको पक्षधर भएको भन्दै शुभकामना दिए ।

समालोचक ज्ञानु अधिकारीले कविताको शीर्षकले आशावादी बोध गराउने भएपनि  कवितामा हिडिसकेका बाटाहरू आएको टिप्पणी गरिन् । यस्तै कवितामा प्रयोग भएको सरल भाषाले सामान्य पाठकले पनि सजिलै बुझ्न सक्ने बताइन् ।

बरिष्ठ कवि एवं साहित्यकार डा.नवराज लम्सालले दाहालले जीवनको सार कवितामा उतार्नुभएको र नेपाली साहित्य जगतमा नयाँ कविको जन्म भएको बताए ।

कवि दाहालले आफूले आफ्नो जिन्दगी भोगाइ र अब हिड्न बाँकी जिन्दगीका बाटोलाई समेटेर कविता संग्रह सार्बजनिक गरेको बताए । उनले भने,‘मैले भोगेको देखेको र मनका पीडालाई कवितामा पोखेको छु ।’ कविता लेख्नका लागि हौसला प्रदान गर्ने र सल्लाह दिने वरिष्ठ कवि लम्साल आफ्नो प्रेरणाको स्रोत भएको भन्दै मुक्तकण्ठले प्रशंसा गरे ।

कार्यक्रममा हास्यकलाकार मनोज गजुरेल, गायक शिव परियार, बरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी, डा.राधाकृष्ण ढुगानालगायतले कविताको सफलताको शुभकामना व्यक्त गरेका थिए ।  अमर प्रकाशन गृहले बजारमा ल्याएको कवितामा कविले आजको युवाले भोगेको पीडालाई कवितामा उतार्ने प्रयास गरेका छन् । हार्ड कभर र सफ्ट कभरमा उपलब्ध कविताको मूल्य क्रमशः ५०० र २५० तोकिएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
broken clouds
13° _ 13°
71%
1 km/h
सोम
25 °C
मंगल
25 °C
बुध
26 °C
बिहि
25 °C
शुक्र
21 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ