सुनकोसी नदिमा बेपत्ता भएका बालबालिका खोज्न सशस्त्र प्रहरी बलको गोताखोर परिचालन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, चैत १२ गते । आइतबार होली खेल्ने क्रममा सुनकोसी नदिमा बेपत्ता भएका बालबालिका खोज्न सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ ।

आइतबार होली खेल्दै उदयपुर त्रियुगा नगरपालिका १४ ढाप्लाङ स्थित सुनकोसी नदिमा पौडी खेल्न पुगेका ३ जना बालबालिका बेपत्ता भएका थिए ।

हिजो साँझ अबेर सम्म सशस्त्र प्रहरी बल नं. ५ त्रियुगा गण उदयपुरबाट खोजतलास गरे पनि उनीहरूलाई फेला पार्न नसके पछि आज बिहान कोशी प्रदेश स्थित नं. १ बराह बाहिनी मुख्यालय सुनसरि बाट गोताखोर परिचालन गरिएको हो ।

सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा नाै जना गोताखोर टोली परिचालन गरी खोजी कार्य सुरु गरिएको प्रहरी सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
clear sky
17° _ 17°
36%
1 km/h
मंगल
28 °C
बुध
29 °C
बिहि
30 °C
शुक्र
30 °C
शनि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ