सम्पत्ति शुद्धीकरण विधेयक पारित

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ, राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गरेको छ । कानुन, न्याय तथा संसदीयमा मामिलामन्त्री धनराज गुरुङले सो विधेयक सभामा पेस गर्नुभएको थियो ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको सो विधेयकमाथि त्यसअघि छलफल भएको थियो । छलफलमा सांसदहरु रमेशजङ्ग रायमाझी र भैरवसुन्दर श्रेष्ठले आफनो धारणा राख्नुभएको थियो । त्यस्तै, बैठकले राष्ट्रियसभा (दोस्रो संशोधन) नियमावली, २०८० पारित गरेको छ ।

समितिका सभापति सुरेशकुमार आलेमगरले सो प्रस्ताव पेस गर्नुभएको थियो । त्यसमाथि सांसदहरु प्रकाश पन्थ, भुवनबहादुर सुनार, रमेशजंग रायमाझी, कमला पन्त, डा विमला राई पौडेल, जितेन्द्रनारायण देव, भैरवसुन्दर श्रेष्ठ, खिमलाल देवकोटा, विमला घिमिरे र गोपीबहादुर सार्की अछामीले आफ्नो धारणा राख्नुभएको थियो ।

लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सभामा सदस्यकोतर्फबाट ‘निर्वाचन क्षेत्र (प्रदेश) विकास निर्माण, शान्ति सुव्यवस्थालगायत कार्यहरुको अनुमगन, निरीक्षण र मूल्याङ्कनको प्रतिवेदन, २०८० सभासमक्ष पेस गर्नुभयो । दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले ‘नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्याङ्कन प्रतिवेदन, २०८० सभासमक्ष पेस गर्नुभयो ।

त्यस्तै, विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभूतासम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० सभामा पेस गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक यही फागुन २१ गते १ः१७ बजे बस्नेछ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
mist
15° _ 15°
77%
शनि
21 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ