काठमाडौँ। नेकपा एकीकृत समाजवादीका उम्मेदवारको जमानत जफत भएको छ ।
इलाम-२ र बझाङ प्रदेशसभा १ को उपनिर्वानमा उम्मेदवार बनेका उम्मेदवारको जमानत जफत भएको हो ।
उपनिर्वाचन दुवै क्षेत्रमा कुल सदर मतको १० प्रतिशत मत कटाउन नसकेपछि एकीकृत समाजवादीका इलाम उम्मेदवार जीतबहादुर राई र बझाङका दिलबहादुर सिंहको जमानत जफत भएको हो ।
सिंहले २ हजार ५१४ मत पाउनु भयो। राईले ४०८ मत मात्रै पाउनु भयो ।
सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीले उपनिर्वाचनमा आफ्नो जनाधार रहेको भन्दै एक्लै चुनाव लड्ने उद्घोषका साथ उम्मेदवारी दिएको थियो ।
सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1

