सिरहाको राजदेवी मन्दिरमा वैशाखी मेला

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

सिरहा, १० जेठ: सिरहाको लहान नगरपालिका–१५ स्थित राजदेवी पञ्चावती मन्दिर परिसरमा आज वैशाखी मेला लागेको छ । मेला भर्न देशका विभिन्न भागका साथै भारतबाट पनि श्रद्धालुहरू आएका छन् ।

लहान बजारबाट १० किलोमिटर उत्तरमा चुरे जङ्गलसँगै जोडिएको करिब तीन बिघा क्षेत्रफलमा फैलिएको राजदेवी मन्दिरमा सन्तान प्राप्ति, रोग निदान र कार्य सफलताको कामना गर्दै भक्तजन आउने गरेका मेला व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र चौधरीले बताउनुभयो ।

मन्दिर आसपासको क्षेत्रमा हिजोदेखि नै मेलाभर्नेको चहलपहल बढेको छ । व्यवस्थित ढङ्गले मेला सञ्चालन गर्न स्थानीय प्रशासनसँग समन्वय गरेर चार सय स्वयंसेवक खटाइएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । मेलास्थल नजिक राजदेवी ताल, गोसाइँकुण्ड, शिव डाँडा, हात्तीदह सिमसार क्षेत्र, बानो गाउँ आकर्षक रहेकाले त्यहाँको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा स्थानीय बुद्धीजीविले जोड दिएका छन् ।

लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले राजदेवी पञ्चावती मन्दिर क्षेत्रको संरक्षणका साथै यो क्षेत्रको पर्यटकीय विकासका लागि नगरपालिकाले काम गरिरहेको बताउनुभएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
100%
1 km/h
मंगल
23 °C
बुध
27 °C
बिहि
29 °C
शुक्र
30 °C
शनि
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ