नयाँ वर्षलाई लक्षित गर्दै बालेनद्वारा २०८१ जनालाई सीपमूलक तालिम दिने घोषणा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने घोषणा गरेका छन् ।

आइतबार आफ्नो फेसबुक पेजमार्फत् बालेनले यो सालभरि २०८१ जनालाई सीपमूलक तालिम दिने घोषणा गरेका हुन ।

रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि गौरवको योजना अन्तर्गत् २०८१ जनालाई रोजगारी दिने उद्देश्यले काठमाडौँको टुडिखेलमा तालिम कार्यक्रम सञ्चालन गर्न लागेको उनले बताए ।

काठमाडौं प्रमुख शाहका अनुसार यो तालिम महानगरमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने महानगरवासीहरू, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, अपाङ्गता भएका व्यक्ति र हिजोका दिनमा गैरकानुनी रूपमा फुटपाथ, सडक र ठेला व्यवसाय गर्ने व्यक्तिहरूलाई लक्षित गरेर आयोजना गरिने छ ।

तालिममा सम्पूर्ण नेपाली नागरिक सहभागी हुन सक्ने र सहभागी हुन इच्छुक व्यक्तिहरूले २०८१ वैशाख १५ गतेभित्र तोकिएका कागजात र विवरण अपलोड गरेर आवेदन दिन आग्रह गरेका छन् ।

तालिम कार्यक्रम वैशाख १९ गतेदेखिसुरु हुने बालेनको भनाई छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
77%
1 km/h
शुक्र
27 °C
शनि
28 °C
आइत
27 °C
सोम
25 °C
मंगल
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ