बाँकेको नरैनापुर गाउँपालिका औलो रोगबाट बढी प्रभावित

राष्ट्रिय समाचार समिति(रासस)
3 मिनेटमा पढ्न सकिने

बाँके : बाँकेको नरैनापुर गाउँपालिका औलो रोगबाट बढी प्रभावित भएको छ । पछिल्लो समय त्यहाँ औलोका बिरामी बृद्धिभएपछि उच्च सतर्कता समेत अपनाइएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म नरैनापुरमा ८० औलोका बिरामी भेटिएको स्वास्थ्य कार्यालय बाँकेका कीटजन्य रोगका ‘फोकल पर्सन’ दुर्गा गौतमले जानकारी दिनुभयो । यस क्षेत्रमा महिनौँदेखि औलोका बिरामी थपिँदै गएकाले पालिकाको समन्वयमा रगत परीक्षण, कीटनाशक झुल वितरण र सचेतनामूलक अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार पालिकाका सबै घरमा कीटनाशक झुल वितरण गरिएको र गर्भवतीलाई विशेष सावधानी अपनाइएको छ ।

चालु आव २०८०-०८१ को साउनदेखि माघसम्म नेपालगञ्ज उपमहानगरपालिका, डुडुवामा र राप्तीसोनारी गाउँपालिकामा पाँच ÷पाँच जना, बैजनाथ गाउँपालिकामा एक जनामा औलोका बिरामी भेटिएको फोकल पर्सन गौतमले बताउनुभयो । जिल्लाका बाँके कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउँपालिकामा औलोका बिरामी शून्य छन् ।

औलोका बिरामी देखिएका पालिकामा विशेष निगरानी गरिएको छ । रोग नियन्त्रण तथा व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा स्वास्थ्य कार्यालय र स्थानीय तहको संयुक्त पहलमा कीटनाशक झुल वितरण र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । यसैगरी बाँकेको डुडुवा गाउँपालिकामा औलो रोग पुष्टि भएपछि उच्च सतर्कता अपनाइएको छ ।

डुडुवा–४ शाहपुर्वा र मोल्हुपुर्वा गाउँका एक महिला र एक पुरुषमा औलो रोग पुष्टि भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो । उहाँका अनुसार स्थानीय दुई जनामा औलोको लक्षण देखिएपछि रगतको (आरडिटी र माइक्रोस्कोपिक) परीक्षण गर्दा औलो रोग पुष्टि भएको हो । दुई जनामा औलो देखिएपछि पालिकाले वडा नं ४ अन्तर्गतका टोलमा घरधुरी सर्भेक्षण सुरु गरेको जनाएको छ ।

तीन जनाका दरले चार वटा समूहमा १२ जना स्वास्थ्यकर्मी परिचालन गरी घरधुरी सर्भेक्षणसँगै स्वास्थ्य शिक्षा, परामर्श र जानकारी दिने कार्य भइरहेको स्वास्थ्य शाखा प्रमुख शर्माले बताउनुभयो । स्थानीयलाई ज्वरोलगायतका सामान्य लक्षण देखिने बित्तिकै नजिकको स्वास्थ्य संस्थामा रगतको नमूना परीक्षण गर्न लगाइएको छ । सबै स्वास्थ्य संस्थामा रगत परीक्षणको कार्य निःशुल्क रुपमा व्यवस्था गरिएको छ ।

पालिकाले घरधुरी सर्भेक्षणपश्चात् रोगबाट बच्नका लागि निःशुल्क कीटनाशकयुक्त झुल वितरण गर्ने पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीले भन्नुभयो, “पालिकाका केही वडामा औलो रोग भेटिएको छ, हामीले थाहा पाउनै बित्तिकै स्वास्थ्यकर्मी परिचालन गरी व्यवस्थापन गरिरहेका छौँ, उक्त रोगविरुद्ध हामी उच्च सतर्कता अपनाएका छौँ ।”

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
mist
15° _ 15°
100%
1 km/h
बिहि
29 °C
शुक्र
30 °C
शनि
30 °C
आइत
28 °C
सोम
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ