बायर लेभरकुसेनको विजयी सुरुआत

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । जर्मन बुन्डेस लिगा फुटबलमा बायर लेभरकुसेनले विजयी सुरुआत गरेको छ ।

शुक्रबारबाट सुरु भएको नयाँ सिजनको पहिलो खेलमा लिभरकुसेनले बोरुसिया मुन्चेलवागलाई ३–२ गोल अन्तरले पराजित गर्दै पहिलो खेलमै ३ अंक लिन सफल भएको हो ।

बोरिुसयाको मैदानमा पाहुना टोली बायरले १२ औं मिनेटमा अग्रता लिएको थियो । बायरका ग्रनाइट जाकाले गोल गर्दै अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा फ्लोरेन्ट विट्जले गोल गरेपछि बायरले पहिलो हाफमा २–० को अग्रता लिएको थियो ।

पहिलो हाफमा २ गोलले पछि परेको बोरुसियाले दोस्रो हाफमा कमब्याक गर्न सफल भयो । तर अन्तिम समयमा धैयता गुमाउन पुगेको थियो ।

५९ औं मिनेटमा निको एलभेडीले गोल गर्दै बोरिुसयालाई २–१ अवस्थामा ल्याएका थिए । ८५ औं मिनेटमा टिम केलनडेनेस्टले गोल गरेपछि खेल २–२ को बराबरीमा आयो ।

दोस्रो हाफको अतिरिक्त ११ औं मिनेटमा फ्लोरिन विट्जले व्यक्तिगत दोस्रो गोल गर्दा बायर लेभरकुसेन अन्ततः ३–२ को जित निकाल्न सफल भयो । फ्लोरेन्टले प्रहार गरेको पेनाल्टी रिबाउन्ड भएर आउँदा गोलमा परिणत गरेका थिए ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
scattered clouds
18° _ 18°
47%
1 km/h
शुक्र
18 °C
शनि
26 °C
आइत
26 °C
सोम
28 °C
मंगल
29 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ