स्वदेश फर्किनुअघि भारतीय विदेश सचिवले भेटे अर्थमन्त्री

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सोमाबार अर्थ मन्त्रालयमा अर्थमन्त्री पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको हो ।

भेटका अवसरमा उनीहरुबीच आर्थिक तथा विकास सहायता,चालू आयोजनाहरुको तीव्रता, दुई देशबीचको आपसी सम्बन्धलगायतका विषयमा छलफल भएको थियो ।

नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका भारतका विदेशसचिव विक्रम मिस्री आजै स्वदेश फर्किँदैछन् । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका विदेशसचिव मिस्त्रीले आइतबार उच्च स्तरीय भेटवार्ता गरेका थिए ।

आइतबार नै विदेशसचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेका थिए । सोमबार उनले उपप्रधान एवम सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग पनि भेट गरे ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
broken clouds
21° _ 21°
46%
7 km/h
शनि
20 °C
आइत
24 °C
सोम
25 °C
मंगल
27 °C
बुध
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ