‘प्रतिभाहरुलाई खोजेर अगाडि ल्याउने काम विकास समाजले गरेको छ’

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय नागरिक विकास समाजले सामाजिक क्षेत्रमा ठूलो योगदान पुर्याएको बताएका छन् ।

शुक्रबार शिक्षा तथा राष्ट्रिय बाल दिवसको अवसरमा राष्ट्रिय नागरिक विकास समाजद्वारा आयोजित विशेष कार्यक्रममा उनले धेरै वर्षदेखि समाजले शिक्षा क्षेत्रमा र अन्य समाजलाई बाटो देखाउने काममा सँधै अग्रसर भइरहेको बताएका हुन् ।

यस्तै, उनले संस्थाले लुकेर रहेका प्रतिभाहरुलाई अगाडि ल्याउने काम पनि गरेको भन्दै अझै यस्ता कामहरुलाई निरन्तरता दिन पनि आग्रह गरेका छन् ।

उनले  भने, ‘राष्ट्रिय नागरिक विकास समाज धेरै वर्षदेखि चाहे शिक्षा क्षेत्रमा होस्, चाहे बालबालिकको क्षेत्रमा होस्, चाहे त्यो सामाजिक क्षेत्रमा होस्, चाहे अन्य जुनसुकै क्षेत्रमार्फत समाजलाई बाटो देखाउने काममा अगाडि बढेको छ । यो समाजमा धेरै प्रतिभाहरु लुकिरहेको छन् । प्रतिभाहरुलाई खोजेर अगाडि ल्याउने काम संस्थाले गरेको छ । यस्ता कामहरुलाई निरन्तरता दिनको लागि आग्रह गर्न चाहन्छु ।’

नेपालमा केही गर्न सकिदैँन् भन्ने जुन भाष्य निर्माण भएको छ त्यसलाई चिर्न पनिसंस्थाको ठूलो भूमिका रहने उनको भनाई छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
mist
10° _ 10°
100%
1 km/h
शुक्र
21 °C
शनि
23 °C
आइत
24 °C
सोम
25 °C
मंगल
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ