कन्सर्टका लागि बलिउड गायक आतिफ असलम नेपाल आउने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । बलिउडका चर्चित गायक आतिफ असलम नेपाल आउने भएका छन् । नयाँ वर्षको अवसर पारेर आगामी चैत्र ३० गते होटल हायात रिजेन्सीमा आयोजना हुने सांगीतिक कार्यक्रम ‘आतिफ असलम लाइभ इन नेपाल’मा प्रस्तुति दिन उनी नेपाल आउन लागेका हुन् । ट्यारिस इन्टरटेनमेन्ट र एमजे प्रोडक्सनले असलमलाई कन्सर्टका लागि नेपाल ल्याउन लागेको हो ।

असलम चैत २९ गते नेपाल आइपुग्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । केही दिन नेपाल बस्ने असलमले नेपाल भ्रमणको समय केही पर्यटकीय स्थलको समेत अवलोकन गर्नेछन् । असलमको नेपालमा यो दोस्रो कन्सर्ट हुनेछ ।

यसअघि उनी सन् २०१२ मा पनि दशरथ रंगशालामा आयोजित सांगीतिक कार्यक्रममा सहभागी भएका थिए । असलमको कार्यक्रममा नेपालका चर्चित कलाकारको समेत सहभागिता रहने आयोजक संस्थाका जीतबहादुर लामाले जानकारी दिनुभयो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
clear sky
19° _ 19°
36%
1 km/h
सोम
19 °C
मंगल
29 °C
बुध
30 °C
बिहि
30 °C
शुक्र
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ