संघीय संसदका दुबै सदनको बैठक बस्दै

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भवित कार्यसूची छ ।

त्यस्तै कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको राष्ट्रियसभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची छ ।

त्यस्तै, राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ । बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने, विषयगत समिति र संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्ने सम्भावित कार्यसूची छ ।

आजको बैठकमा अध्यक्षले राष्ट्रियसभाको उपाध्यक्ष पदको निर्वाचनको लागि दिन तोक्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७९–८० सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
thunderstorm
16° _ 16°
59%
3 km/h
मंगल
17 °C
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ