Ad imageAd image

ताइवानमा शक्तिशाली भूकम्प, जापानमा सुनामीको खतरा

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

एजेन्सी । ताइवानमा बुधबार शक्तिशाली भूकम्प गएको छ । ताइवानको पूर्वी तटमा ७।४ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पपछि टापु र दक्षिणी जापानमा सुनामीको चेतावनी दिइएको छ । भूकम्पको केन्द्रबिन्दु हुआलियन सहरबाट करिब १८ किलोमिटर (११ माइल) दक्षिणमा पर्छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार हुआलियन काउन्टीमा झुकेका घरहरूका तस्बिरसहित प्रारम्भिक क्षतिको रिपोर्ट आइरहेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ। सेना उद्धारमा खटिएको छ । ताइवानको केन्द्रीय मौसम प्रशासनले भूकम्पपछि सुनामीको चेतावनी जारी गरेको छ ।

सुनामीले टापुको उत्तरी तटीय क्षेत्रमा प्रभाव पार्ने अपेक्षा सम्भावना भएकाले स्थानीयहरूलाई उच्च जमिनमा स्थानान्तरण गर्न भनेको छ । जापान मौसम विज्ञान एजेन्सीले मियाकोजिमा र ओकिनावा टापुहरूमा सुनामीको चेतावनी पनि जारी गरेको छ । ३ मिटर अग्लो छालहरू आउने चेतावनी दिएको छ ।

- Advertisement -
Ad imageAd image

३० सेन्टिमिटर छालले ओकिनावालाई असर गरेको एजेन्सीले जनाएको छ। केन्द्रीय मौसम प्रशासनका प्रवक्ताका अनुसार ताइवानमा गएको २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प हो। सन् १९९९ मा, ७.७ म्याग्निच्युडको भूकम्पले ताइपेईको ९३ माइल दक्षिणमा क्षति पुर्‍याएको थियो ।

करिब २ हजार ४ सय जनाको मृत्यु र १० हजार घाइते भएका थिए । ताइवान प्यासिफिक रिङ अफ फायरमा अवस्थित छ । यो प्रशान्त महासागरको छेउमा छ ।यस टापुमा नियमित रूपमा भूकम्प जान्छ । सन् २०१८ मा हुवालिन नजिकै ६.२ म्याग्निच्युडको भूकम्पमा कम्तीमा १७ जनाको मृत्यु भएको थियो भने ३ सयभन्दा बढी घाइते भएका थिए ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
broken clouds
23° _ 23°
69%
सोम
22 °C
मंगल
31 °C
बुध
31 °C
बिहि
29 °C
शुक्र
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ