बीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार श्रेष्ठलाई

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं ।  जननायक बीपी कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष बीपी जन्मजयन्तीका अवसरमा बीपी कोइराला स्मृति साहित्य सम्मान पुरस्कार र बीपी कोइराला स्मृति प्रजातन्त्र सेनानी सम्मान पुरस्कार प्रदान गर्दै आएको छ ।

यस बर्ष १११औं बीपी जन्मजयन्ती २०८१ को बीपी साहित्य सम्मान पुरस्कार, वरिष्ठ साहित्यकार द्वारिका श्रेष्ठ (वर्ष ८९, काठमाडौं) लाई प्रदान गर्ने निर्णय गरेको छ ।

पुरस्कारको राशी नगद एक लाख एक हजार तथा सम्मान पत्र रहेको छ । यस्तै वर्ष २०८१ को बीपी सेनानी सम्मान पुरस्कार, प्रजातन्त्र स्थापनाको संर्घषमा महत्वपूर्ण योगदान पुर्याउने भोजराज भण्डारी (वर्ष ९०, कास्की) लाई प्रदान गर्ने निर्णय गरेको छ । यस पुरस्कारको राशी नगद ५१ हजार तथा सम्मान पत्र रहेको छ ।

यी दुवै पुरस्कार जननायक बीपी कोइराला स्मृति ट्रष्टको कार्यसमितिको निर्णयबाट प्रदान गरिएको हो । दुवै सम्मान पुरस्कारहरु राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा

यही भाद्र २४ गते सोमबार राष्ट्रपति कार्यालय, शितलनिवासमा प्रदान गरिने भएको हो ।

गत वर्ष २०८० को साहित्य सम्मान डा. राजेन्द्र विमल (जनकपुर) र प्रजातन्त्र सेनानी सम्मान डिल्लीरमण शर्मा (वर्ष ९२, रुपन्देही) लाई प्रदान गरिएको थियो । उक्त सम्मान पुरस्कार बीपी ट्रष्टले जननायक बीपी कोइरालाको शत वार्षिक वर्ष २०७१ बाट निरन्तर प्रदान गर्दै आएको छ ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
broken clouds
23° _ 23°
53%
4 km/h
बिहि
22 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ