Ad imageAd image

क्रियसन गुरूपद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

दिनेश बुढाथोकी
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं — क्रियसन गुरूपले आफ्नो पहिलो कार्यक्रमको रूपमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। उक्त शिविरमा कलेजो, मुटु, थाइराइड, सुगर, किड्नी, ग्यास्ट्रोलोजी, प्रेसर लगायतका विभिन्न स्वास्थ्य परिक्षणहरू गरिएका थिए।

शिविरमा १२३ जनाले आफ्नो स्वास्थ्य परिक्षण गराएका छन्। गुरूपका अध्यक्ष रवि शाहीले यो जानकारी दिनुभएको हो। उहाँका अनुसार, शिविरको मुख्य उद्देश्य समाजमा स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउनु र स्थानीयलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्नु हो।

स्वास्थ्य शिविरमा काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोल प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो। साथै, कार्यक्रममा गायक धिरज राई, राजनीतिज्ञ प्रदिप बिष्ट, देवेंद्र प्रधान, युवा उद्यमी शिव बास्कोटा, चलचित्र निर्माता हरि महत, लोक गायक राजेश बिष्ट, रेडक्रस बागमती प्रदेश उपमहासचिव राजेन्द्र बानिया, र पत्रकार वीरेन्द्र शाक्य लगायतको उपस्थिति रहेको थियो।

स्वास्थ्य शिविर बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गरिएको थियो, जसले स्थानियलाई स्वास्थ्य परिक्षणका लागि एक महत्वपूर्ण अवसर प्रदान गर्यो।

- Advertisement -
Ad imageAd image

सेयर: 44
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
moderate rain
21° _ 21°
96%
1 km/h
बिहि
22 °C
शुक्र
24 °C
शनि
24 °C
आइत
23 °C
सोम
23 °C
ट्याग गरिएको:
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ