बुढासुब्बा गोल्डकप : एनआरटी सेमिफाइनलमा

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

धरान:धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको आज ¬¬दोस्रो दिनको खेलमा काठमाडौँको न्युरोड टिम (एनआरटी) ले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले पराजित गरेको छ ।

जितसँगै एनआरटीले सेमिफाइनलको यात्रा तय गरेको छ । आज धरान रङशालामा भएको दोस्रो क्वाटरफाइनल खेलको चौथो मिनेटमा त्रिभुवन आर्मीका खेलाडी मानबहादुर आलेमगरले गोल गरेपछि खेला रोमाञ्चक बनेको थियो । त्यसपछि खेलको १४औँ मिनेटमा एनआरटीका खेलाडी शिशिर लेखीले पहिलो गोल गरेका थिए ।

एनआरटीकै अफिज ओलावालेले ६०औँ मिनेटमा गोल गरेर जित सुनिश्चित गरेका थिए । आजको खेलको ‘प्येयर अफ द म्याच’ एनआरटीका शिशिर लेखी घोषित हुँदै रु १० हजार पुरस्कार पाए । सोमबारको तेस्रो क्वाटरफाइनल खेल नेपाल पुलिस क्लब र मोरङ फुटबल सङ्घबीच हुने आयोजकले जनाएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
few clouds
25° _ 25°
41%
4 km/h
बुध
25 °C
बिहि
29 °C
शुक्र
31 °C
शनि
31 °C
आइत
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ