क्यानडाले दियो नेपाललाई २८६ रनको लक्ष्य

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत दोस्रो खेलमा जितका लागि क्यानडाले नेपाललाई दुई सय ८६ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ८५ रन बनायो । क्यानडाका लागि आरोज जोहनसनले ६५ रनको अर्धसतकीय इनिङ्स खेल्नुभयो ।

यस्तै नवनित धलिवलले ४६, श्रीयस मोभाले ४०, परगत सिंहले ३८, उदय भगवानले अविजित २०, निकोलस किर्तनले २०, दीलप्रित बजवाले १९ र शाहिद अहमदजैले १३ रन बनाउनुभयो । 

बलिङमा नेपालका कुशल मल्ल र कप्तान रोहित पौडेलले दुई दुई विकेट लिनुभयो । यस्तै सूर्य तामाङ, आकाश चन्द, पवन सर्राफ र सोमपाल कामीले एक एक विकेट लिनुभयो ।

तीन खेलको सिरजमा नेपाल बिहीबार भएको पहिलो खेलमा सात रनले विजयी भएको थियो । आज जित निकालेका नेपाल एक खेल अगावै सिरिज च्याम्पियन बन्नेछ । सिरिजको तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ । 

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
clear sky
23° _ 23°
28%
2 km/h
सोम
27 °C
मंगल
28 °C
बुध
30 °C
बिहि
30 °C
शुक्र
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ