सुदूरपश्चिम प्रदेशमा मन्त्रीपरिषद्को जिम्मेवारी हेरफेर

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

धनगढी, । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले प्रदेशमा मौजुदा मन्त्रीपरिषद्को जिम्मेवारी हेरफेर र कार्य विभाजन गर्नु भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखले मन्त्रीपरिषद्को जिम्मेवारी हेरफेर र कार्य विभाजन गर्नु भएको हो ।

सङ्घमा नयाँ सत्ता समीकरण बनेपछि मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र) का तीन जना र नेकपा (एकीकृत समाजवादी) पार्टीका एक मन्त्रीलाई पदमुक्त गरी सक्नु भएको छ । प्रदेश प्रमुखले मुख्यमन्त्री शाहलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिनु भएको छ ।

यसै गरी, भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी प्रकाशबहादुर देउवा, आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी शिवराज भट्ट, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी मन्त्री रामेश्वर चौधरी र राज्यमन्त्री कैलाश चौधरीलाई यथावत् राखिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
drizzle
22° _ 22°
49%
7 km/h
शुक्र
21 °C
शनि
20 °C
आइत
21 °C
सोम
23 °C
मंगल
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ