Ad imageAd image

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा पर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी)ले दिएको समर्थन बिहीबार फिर्ता लिएपछि उहाँ अल्पमतमा पर्नुभएको हो ।यसअघि बिहानै मुख्यमन्त्री शाहले आफु अल्पमतमा पर्ने गरेर नै सरकारमा सहभागी एकीकृत समाजवादी पार्टीबाटका आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीलाई बर्खास्त गर्नुभएको थियो ।

सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र)ले बुधबार नै मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिएको थियो । नेकपा एस संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको बताउनुभएको छ ।उहाँका अनुसार बिहीबार बिहान बसेको संसदीय दलको बैठकले आफ्नै दलको नेतृत्वमा प्रदेश सरकार गठनको पहल गर्ने निर्णय समेत गरेको छ ।

केन्द्रीयस्तरमा एक प्रदेशको मुख्यमन्त्री पाउने सहमति भएअनुसार सुदूरपश्चिममा त्यो पहल भइरहेको उहाँको भनाइ छ ।सुदूरपश्चिम प्रदेशमा नेपाली कांंग्रेसका एक जनाको मृत्यु भएपछि अहिले १८ जना प्रदेशसभा सदस्यहरू छन् । मुख्यमन्त्री शाहलाई नागरिक उन्मुक्ति पार्टीका ७ प्रदेशसभा सदस्यहरूको समर्थन बाँकी छ । कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका गरेर २५ जना प्रदेशसभा सदस्यहरूको मात्र मुख्यमन्त्री शाहलाई समर्थन रहेको छ ।

प्रदेशसभामा बहुमतका लागि २७ जना सदस्यको समर्थन आवश्यक हुन्छ ।सुदूरपश्चिममा माओवादी केन्द्रका ११, नेकपा (एमाले)का १०, एकीकृत समाजवादीका चार, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक र स्वतन्त्र एक प्रदेश सभा सदस्यहरू मुख्यमन्त्रीको विपक्षमा भएका छन् । मुख्यमन्त्री शाहको विपक्षमा २७ प्रदेशसभा सदस्यहरू भएका छन् । केन्द्रीय राजनीतिमा भएको परिवर्तनका कारण सुदूरपश्चिम सरकारसमेत सङ्कटमा परेको हो ।

- Advertisement -
Ad imageAd image
सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
clear sky
17° _ 17°
69%
1 km/h
सोम
31 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
33 °C
शुक्र
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ