कर्णालीमा रासायनिक विषादी मुक्त सप्ताह

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

सुर्खेत: कर्णाली प्रदेश सरकारले रासायनिक विषादीमुक्त सप्ताह आरम्भ गरेको छ । विषादीको प्रयोग बढ्दै गएको भन्दै त्यसलाई घटाउन एक हप्तासम्म विषादीसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै सप्ताह सुरु गरेको हो ।

सप्ताहको सुरुआत गर्दै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले वातावरणलाई स्वच्छ राख्नुपर्ने उल्लेख गर्दै प्रदेश सरकार योजना बनाएर कार्यान्वयन गर्न अग्रसर भएको बताउनुभयो ।

पछिल्लो समय मुटु र मिर्गौलाका रोगी बढ्दै गएका र यसको प्रमुख कारण रासायनिक विषादीको प्रयोग भएको मन्त्री शर्माको भनाइ थियो । मन्त्री शर्माले कर्णालीलाई रासायनिक विषादीको प्रयोगबाट मुक्त बनाउन गाउँगाउँसम्म सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

मन्त्रालयका सचिव डा नरहरिप्रसाद घिमिरेले रासायनिक विषादीको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको भन्दै यसको निराकरण गर्न कर्णालीबाट सुरुआत गरिएको बताउनुभयो । उहाँले विषादीको सट्टा अन्य विकल्प खोज्नुपर्नेमा जोड दिनुभयो ।

खाद्य वस्तुको बढ्दो माग आपूर्ति गर्न उत्पादन वृद्धिका नाममा विषादीको प्रयोग बढेको भन्दै उहाँले यसलाई न्यूनीकरण गर्न आवश्यक भएको बताउनुभयो ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत जनचेतनामूलक प्रसारप्रसार कार्यक्रम, जैविक विषादी र पासोजन्य सामग्रीको प्रदर्शन तथा वितरण, विषादीसम्बन्धी विद्यालयमा विभिन्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिनुभयो ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
few clouds
14° _ 14°
88%
2 km/h
शनि
22 °C
आइत
23 °C
सोम
25 °C
मंगल
26 °C
बुध
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ