एनआरएनए कार्ड छिटै वितरण हुने परराष्ट्रमन्त्री राणाको दावी

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले गैरआवासिय नेपाली(एनआरएनए)को परिचयपत्र (एनआरएनए कार्ड) मस्यौदाको अन्तिम चरणमा रहेको भन्दै छिटै नयाँ रुपमा वितरण गर्ने बताएकी छन् ।

एनआरएनएको एकता महाधिवेशन उद्घाटन सत्रमा बोल्दै परराष्टमन्त्री देउवाले परराष्ट्र मन्त्रालयमा मस्यौदा भइरहेको विधेयकलाई अन्तिम रुप दिँदै कार्ड वितरण हुने कुरातर्फ संकेत गर्दै यस्तो बताएकी हुन् ।

सर्वोच्च अदालतको फैसला अनुसार पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा शनिबारदेखि एकता महाधिवेशन शुरु भएको छ । उक्त महाधिवेशनको उद्घाटन सत्रमा बोल्ने एनआरएनएका पूर्व अध्यक्षहरुले परिचयपत्रको बारेमा प्रश्न उठाएपछि परराष्ट्रमन्त्री देउवाले छिटै वितरणको वाचा गरेकी हुन् ।

परराष्ट्रमन्त्री देउवाले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने दायित्व अन्र्तगत एकता महाधिवेशन भएको भन्दै सवै गैरआवासिय नेपालीहरुलाई मिलाएर लैजान पनि शुभकमना दिइन् । उनले नेपालीहरुको एकताले नै देशलाई सहयोग पुग्ने भन्दै विवादलाई सबैले विर्सेर एकता गर्न आग्रह गरिन् ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
scattered clouds
19° _ 19°
45%
5 km/h
बुध
18 °C
बिहि
22 °C
शुक्र
22 °C
शनि
24 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ