जनमत र नाउपाबीच आज पार्टी एकीकरण हुँदै

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच बुधबार पार्टी एकताको घोषणा हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजे पार्टी एकताको घोषणा गरिने बताइएको छ ।

जनमत र नागरिक उन्मुक्ति पार्टी एकीकरण पछि पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ रहनेछ । जसको संरक्षकमा उन्मुक्ति पार्टीका रेशम चौधरी रहने छन् भने जनमतका सीके राउत अध्यक्ष र नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ सहअध्यक्ष रहने सहमति भएको छ । एकता पछिको नयाँ पार्टीको चुनाव चिह्न ढकिया हुनेछ ।

सहमति अनुसार मर्यादाक्रममा क्रमशः चौधरी, राउत र श्रेष्ठ रहनेछन् भने २५ सदस्यीय केन्द्रीय पदाधिकारी, ५१ सदस्यीय केन्द्रीय कार्यसमिति र दुवैतर्फबाट ३५०÷३५० गरी कम्तिमा ७ सय केन्द्रीय सदस्य रहने छन्  ।

एकीकरण पछि प्रतिनिधिसभामा एकीकृत पार्टीमा जनमतका ६ र नागरिक उन्मुक्ति पार्टीका चार गरी १० सांसद हुने छन् ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
scattered clouds
14° _ 14°
67%
मंगल
14 °C
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ