राप्रपा प्रदेश सांसद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ — वनको काठ तथा दाउरा हिनामिना गरेको आरोपमा राप्रपा प्रदेश सांसद जानकीप्रसाद यादव र लुम्बिनी प्रदेशका तत्कालीन वन निर्देशक कृष्णदत्त भट्टसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आर्थिक वर्ष ०७४—७५ र ०७५—७६ मा कपिवस्तुको बुद्धभूमि गाउँपालिकामा रहेको गौतम बुद्ध सामुदायिक वन उपभोक्ता समितिको काठ तथा दाउराको राजस्व हिनामिना अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश सांसद यादव र वन निर्देशक भट्टसहित १९ जनालाई प्रतिवादी बनाएर मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार २९ लाख १२ हजार १ सय ९३ रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर भएको छ । ६ हजार ७ सय ६१ क्युफिट काठ र ४.५४ चट्टा दाउरा बापत आउने राजस्व नै दाखिला नगरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको अभियोग अख्तियारले लगाएको छ ।

आरोपी यादव लुम्बिनी क्षेत्र नम्बर ३(२) बाट गत निर्वाचनमा राप्रपाबाट निर्वाचित सांसद हुन् । एमाले नेता लीला गिरी लुम्बिनीको मुख्यमन्त्री हुँदा यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्रीसमेत बनेका थिए । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघि यादव जसपाबाट स्थानीय तह निर्वाचनमा विजयनगर गाउँपालिका अध्यक्षका उम्मेदवार थिए ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
68%
2 km/h
आइत
20 °C
सोम
24 °C
मंगल
26 °C
बुध
28 °C
बिहि
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ