Ad imageAd image

त्रिभुवन विमानस्थलबाट ८५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ — त्रिभुवन विमानस्थलबाट ८५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयको टोलीले सोमबार भारतीय नागरिक ३५ वर्षीय सरिफ अहमद अब्दुल गफूरलाई पक्राउ गरेको हो ।

फ्लाई दुबईको उडानद्वारा दुबईबाट आइरहेका उनलाई सुराकीले दिएको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ ।

तीनवटा प्लास्टिकका पोकामा कुल अन्दाजी तौल ८५५ ग्राम सुनसहित गफूरलाई नियन्त्रणमा लिइएको हो । पक्राउ गरिएका गफूर र बरामद सुन आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको पनि प्रहरीले जनाएको छ ।

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
31°C
Kathmandu
clear sky
31° _ 31°
15%
2 km/h
बिहि
33 °C
शुक्र
34 °C
शनि
34 °C
आइत
31 °C
सोम
28 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ