Ad imageAd image

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु आदेश

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

वीरगञ्ज, । जिल्ला प्रशासन कार्यालय पर्साले हिजो सोमबार साँझ ५ बजेदेखि जारी गरेको कर्फ्यु मङ्गलबार बिहान ४ घण्टा खोली पुनः बिहान १० बजेदेखि जारी गरिएको छ । वीरगञ्ज महानगरपालिकाको पूर्वमा नगवा चौक, पश्चिममा तिलाबे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सार क्षेत्र चार किल्ला तोकेर सोमबार साँझ ५ बजेदेखि जारी कर्फ्यु आदेश सर्वसाधारणको सुविधालाई मध्यनगर गर्दै मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्म ४ घण्टा खोलेर फेरी अनिश्चितकालीन कर्फ्यु जारी गरिएको हो । 

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालद्वारा हस्ताक्षरित सूचनामा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ( क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको उक्त आदेशको पालना नगर्नेलाई कानुनबमोजिम कडा कारबाही हुने जनाइएको छ । 

द्वन्द्वलाई उक्साउने सामग्री सामाजिक सञ्जाल र सञ्चार माध्यममा प्रकाशन प्रसारण नगर्न प्रजिअको आग्रह पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले द्वन्द्वलाई उक्साउने खालका सामग्री सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा प्रकाशन प्रसारण नगर्न विज्ञप्तिमार्फत आग्रह गर्नुभएको छ । धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव बिगार्ने एवम् द्वन्द्वलाई उक्साउने प्रकारका सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न तथा कुनै सञ्चार माध्यमबाट प्रकाशन प्रसारण नगर्न नगराउन पर्साका प्रमुख जिल्ला अधिकारी भुसालले विज्ञप्तिमार्फत अनुरोध गर्नुभएको हो । 

वीरगञ्जमा देखिएको असामान्य परिस्थितिलाई सावधानीपूर्वक व्यवस्थापन गरिएको र यस परिस्थितिमा सुरक्षा निकायको सम्यमता र राजनैतिक नेतृत्व तथा नागरिक समाजका विभिन्न व्यक्तिको सुझबुझपूर्ण सहयोगका कारण परिस्थिति नियन्त्रणभित्रै रहेको जनाउँदै जारी विज्ञप्तिमा सामाजिक सद्भाव बिगार्ने खालका सामग्री पोष्ट नगर्न आग्रह गरिएको हो । 

- Advertisement -
Ad imageAd image

सयौं वर्षदेखि सबै जातजाति, धर्म, भाषा, सम्प्रदायबिचको एकता रहेको देशमा परिस्थिति असजम बनाउने कुनैपनि प्रयासप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाली जनता बिचको सुसम्बन्ध र एकतालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पार्ने प्रतिबद्धतासहित सहयोग गर्न प्रमुख जिल्ला अधिकारी भुसालले सबैलाई आग्रह गर्नुभएको छ । 

नागरिकबीच द्वेष सृजना गर्ने, उद्योगधन्दा, व्यापार–व्यवसाय र नियमित क्रियाकलापमा असर पार्ने एवम् शान्ति सुरक्षा, अनमनचैन गर्ने कार्यमा नकारात्मक असर पार्ने कुनै पनि क्रियाकलाप नगर्न नगराउन अनुरोध गर्दै त्यस्ता क्रियाकलाप गरे गराएमा प्रचलित कानुन बमोजिम कडा कारवाही गरिने पनि जारी विज्ञप्तिमा उल्लेख छ । 

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
clear sky
26° _ 26°
20%
बिहि
33 °C
शुक्र
34 °C
शनि
34 °C
आइत
31 °C
सोम
28 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ