क्रिकेट : नेपाल र अमेरिका भिड्दै

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, : आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता तयारीको आफ्नो अन्तिम अभ्यास खेल नेपालले आज राति अमेरिकासँग खेल्दैछ ।

अमेरिकाको डालासमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९ः१५ बजेदेखि सुरु हुनेछ । यसअघि भएको अभ्यास खेलमा नेपाल क्यानाडासँग ६३ रनले पराजित भएको थियो ।

त्यसैगरी अमेरिकाले टेष्ट राष्ट्र बङ्गलादेशविरुद्ध तीन खेलको शृङ्खला २–१ ले जितेको थियो । विभिन्न २० टोली सहभागी उक्त टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ ।

नेपालको समूहमा नेदरल्यान्ड्स, श्रीलङ्का दक्षिण अफ्रिका र बङ्गलादेश छन् । नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग यही जेठ २२ गते खेल्नेछ । जेठ २९ गते श्रीलङ्कासँग दोस्रो खेल खेल्नेछ भने जेठ ३२ गते दक्षिण अफ्रिकासँग खेल्नेछ । त्यस्तै नेपालले आगामी असार २ गते बङ्गलादेशसँग खेल्नेछ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
haze
15° _ 15°
67%
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ