वसन्तपुरमा होलीको चहलपहल सुरु, चीर पूजा गर्नेको भिड

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । वसन्तपुरमा होलीको चहलपहल सुरु भएको छ । आइतबार नेपालको हिमाली र पहाडी जिल्लाहरूमा होली हर्षोल्लासपूर्वक मनाइन्छ । आज काठमाडौँसहित देशभरका हिमाली र पहाडी क्षेत्रमा होली मनाउन सुरु भएको छ ।

वसन्तपुरमा होली मनाउनका लागि मानिसहरू जम्मा भएका छन् ।चीरमा पूजा गर्नेहरूको उल्लेख्य उपस्थिति रहेको छ । एक अर्कामा रङ दलेर खुसीयाली साटासाट गरेर होली मनाउने गरिन्छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।

आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । नेपाल प्रहरीले संयमित भएर होली खेल्न पनि आग्रह गरेको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
thunderstorm
12° _ 12°
87%
2 km/h
सोम
14 °C
मंगल
25 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ