एनपीएल क्रिकेटको पहिलो दिन ः जनकपुर बोल्ट्सले टस जित्यो

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) क्रिकेट आज(शनिबार)बाट सुरु भएको छ । सुरु भएको एनपीएल क्रिकेट अन्तर्गत आजको हुने खेलमा जनकपुर बोल्ट्सले टस जितेर बलिङ रोजेको छ । जनकपुरका कप्तान अनिल शाहले टस जितेर बलिङ रोजेसँगै विराटनगरले पहिले ब्याटिङ गर्दैछ ।
लिगको पहिलो दिन विराटनगर किंग्स र जनकपुर बोल्ट्स आमनेसामने भएका छन् । नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा इतिहासमा नै पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा दुवै टिम जितका साथ सुरुवात गर्ने लक्ष्यमा छन् । विराटनगर किंग्स सन्दीप लामिछानेको कप्तानमा मैदान उत्रदै गर्दा जनकपुरको कप्तानी अनिल शाहले गरेका छन् ।
पुस ६ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोलीको सहभागीता रहेको छ । लिगमा कुल ३२ खेल आयोजना हनेछन् । लिगका सबै खेल कीर्तिपुरमा रहेको टियु मैदानमा नै हुनेछ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
few clouds
13° _ 13°
82%
2 km/h
बुध
12 °C
बिहि
22 °C
शुक्र
22 °C
शनि
25 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ