बहिरा विद्यार्थी : जसले बोले आशावादीका श्वरहरु

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

दाङ, । बहिरा विद्यार्थीहरु हातले संकेत गरेर बोलिरहेका थिए । त्यसको अनुवाद शिक्षक स्मृति योगीले गरिरहनु भएको थियो । तुलसीपुर उपमहानगरपालिका वडा नं.८ स्थित मावि अस्वारामा अध्ययनरत बहिरा बालबालिकाहरु शुक्रबार सांकेतिक भाषामा अभिब्यक्ती कला प्रतियोगितामा भाग लिए ।

अप्टिमिष्ट क्लब अफ तुलसीपुरको आयोजनामा फरक खालको प्रतियोगिता आयोजना भयो । बोल्न नसक्ने बहिरा विद्यार्थीहरुकालागि अभिब्यक्ती कलाको प्रतियोगितामा कक्षा ९ का डम्बर घर्तीले सांकेतिक भाषामा भन्नुभयो“सपलताकालागि काम गर्दा गर्दै असपलता हुन्छ, असफलता हुदा पिर पनि हुन्छ”,उनले भने“ त्यसले गर्दा मान्छे दःखी भएका हुन्छन्, सबै जनाले खुसी चहान्छौ ।तर, पिरलाई खुसीमा बदल्न चाहेमा आशावाद हुनुपर्छ ।”

मनलाई सकारात्मक बनाएर आशावादका साथ अगाडी बढेमा जीवन सार्थक हुन्छ, भन्ने उहाँको भनाई थियो । ‘संसारलाई आशावादका साथ कसरी बल्ने’ शीर्षकको प्रतियोगितामा अर्का प्रतियोगी भरत वलीले भने“हामीसंग धेरै अपेक्षाहरु हुन्छन् । साँच्च्किै हामीले हाम्रा चाहानालाई पूर्णता दिन आशाका साथ अगाडी बढ्नु पर्छ । मनभित्र आशा राख्नु पर्छ । अनि मात्रै जीवनले पूर्णता पाउछ ।”

अर्का प्रतियोगी निरुता घर्तीले भने“ निराशालाई टाढा राखेर मस्टिष्कलाई परिबर्तन गर्न जरुरी छ । जीवनमा आशालाई मनभित्र राखेर काम गर्नुपर्छ, अनि सफलता पाइन्छ ।” उहाँहरुजस्तै १४ जना प्रतियोगीहरुले सांकेतिक भाषामा यसरी नै प्रस्तुती राखेका थिए । १४ जना प्रतियागि मध्ये कक्षा ८ का हिमालजंग मल्ल प्रथम, कक्षा ९ का डम्बर घर्ती द्धितिय, कक्षा १० का भरत वली तृतिय र कक्षा ९ का निरुता घर्ती र गोपाल वली सान्त्वना भएका थिए ।

प्रथमलाई एक हजार, द्धितियलाई सात सय ५०, तृतिय र सान्त्वनालाई पाँच÷पाँच सय रुपैँया पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । बोल्न सक्ने ब्यक्तीले आफ्नो कुरा सहजै ब्यक्त गर्न सक्ने भएकाले बहिरा भएकै कारण बोल्न पनि नसक्ने र संकेतिक भाषा पनि सबैले बुझ्न नसक्ने अबस्था त्यस्ता विद्यार्थीहरुको मनोभावना बुझ्न यस्तो कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष कमल साप्कोटाले बताए । उनका अनुसार यस्तो खालको कार्यक्रम जिल्लामा पहिलो पटक आयोजना गरिएको हो । हाल सोही विद्यालयमा एकसय ५ जना बहिरा बालबालिकाहरु पढ्दै आएका छन् ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
broken clouds
15° _ 15°
100%
1 km/h
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ