Ad imageAd image

सडक नहुँदा बारीमा कुहिन्छ तरकारी

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

बैतडी । कृषि पकेट क्षेत्रको उपज बजारसम्म पुर्‍याउने सडक नहुँदा चुलोमा पाक्नुपर्ने तरकारी बारीमै सडाउनुपर्ने बाध्यता भएको छ । कृषि ज्ञान केन्द्रले जिल्लाका विभिन्न कृषि पकेट क्षेत्रका गाउँमा वार्षिक चार करोड रुपियाँ खर्च गर्दै आए पनि ढुवानीका लागि सडक सुविधा नहुँदा कृषि उपज बारीमै सड्ने गरेको छ ।

सिगास गाउँपालिका–१, बेसरा गाउँमा बर्खा लागेपछि उत्पादन भएको तरकारी बारीमा सड्ने गरेको अगुवा किसानले गुनासो गरेका छन् । बेसरा गाउँमा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम सुरु भए पनि बर्खा लागेपछि यहाँको तरकारी बारीमै सड्ने गरेको छ । यहाँ चार किलोमिटर मात्रै पक्की सडक हुने हो भने बाह्रै महिना तरकारी बिक्री गर्न सहज हुने देखिएको छ ।

- Advertisement -
Ad imageAd image

वडा कार्यालयसम्म चार किलोमिटर सडक कालोपत्रे भइदिए यहाँको कृषि उपज छ घण्टामै सुदूरपश्चिमको प्रदेश राजधानी पु¥याउन सकिने सिगास गाउँपालिका–१ का वडाध्यक्ष रामचन्द्र ऐरीले बताउनुभयो । उहाँले भन्नुभयो, “वडाको सिरानसम्म बैतडी–बझाङ जोड्ने पक्की सडक भए पनि बेँसीमा रहेका गाउँ सडकसँग जोडिन सकेका छैनन् ।” गाउँका किसानले हामीलाई सडक देऊ, हामी अघाउने गरी तरकारी फलाएर दिन्छौँ भन्ने गरेका उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिँउदमा मात्रै चल्ने विन्द्रावन–बेसरा–खक्र्यौडा सडक बर्खा लागेपछि ठप्प हुन्छ । बर्खा लागेपछि गाउँमा फलेको तरकारी खेर जाने गरेको छ । सडक स्तरोन्नति गर्न वडासँग बजेट छैन ।” गाउँपालिका र कृषि ज्ञान केन्द्रले सिगास गाउँपालिका–१ का बेसरा, अङ्डेगाडा, विन्द्रावन, खन्तड, बजकोट, जुकेपानीलगायतका गाउँलाई तरकारी र फलफूल पकेट क्षेत्र घोषणा गरेर करोडौँ रुपियाँ लगानी गर्दै आएको छ ।

आगामी वर्षमा पनि सिगास गाउँपालिका–१ मा तरकारी खेतीलाई प्राथमिकतामा राखिएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख घनश्याम चौधरीले बताउनुभयो । उहाँले तरकारी उत्पादनका लागि समस्या नभए पनि बजारसम्म लैजान समस्या पर्ने गरेको बताउनुभयो । जिल्लामा सुगम मानिएको पाटन नगरपालिका–८, ९ र १० मा पनि तरकारी ढुवानी गर्न गतिलो सडक छैन ।

गाउँबाट हिउँदमै दैनिक ५० क्विन्टलभन्दा बढी तरकारी बिक्री हुने भए पनि बर्खामा सडक बन्द हुँदा उत्पादित तरकारी बारीमै सडेर जाने गरेको छ ।

गाउँमा आलु, बन्दा, रायो, काउली, टमाटर, भेडेखुर्सानी, धनियाँ, मुलालगायतका तरकारी प्रशस्तै उत्पादन हुने गरेको छ । गाउँमा उत्पादित तरकारी किन्न हिउँदमा व्यापारी घरआँगनमै गाडी लिएर आउने गरेका तर बर्खामा कोही पनि नआउँदा किसानलाई समस्या हुने गरेको तरकारी थोक बिक्रेता केशददत्त भट्टले बताउनुभयो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
100%
1 km/h
बुध
28 °C
बिहि
26 °C
शुक्र
26 °C
शनि
29 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ